सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

शुक्रबार, साउन २६, २०८०

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो । जिल्ला न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् । 
शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीले  बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँचजना चिकित्सकलाई ५ दिनको समय दिइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार