ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीले सम्हाले जिम्मेवारी 

शुक्रबार, साउन १९, २०८०

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा  वीरेन्द्र देव भारतीले बिहीबारबाट जिम्मेवारी सम्हालेका छन् । यसअघि  उनी पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । ललितपुर महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल गृह मन्त्रालयमा सरुवा भएका छन् । 

chiri bharati1691150309.jpg
ललितपुरको गोदावरी नगरपालिका, वुटबल उपमहानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिकामा पनि उनी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । 
ललितपुर महानगरले आयोजना गरेको बिदाई तथा स्वागत कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले नयाँ प्रमुख प्रशासकीय अधिकृतको अनुभवले महानगरको विकासलाई थप उचाईमा पुर्‍याउन, जनताका समस्या समाधान गर्न सहयोग गर्ने बताए ।

Ganesha1691150307.jpg

उनले भने, ‘उहाँसँग धेरैवटा स्थानीय तहमा काम गरेको अनुभव छ, त्यसलाई यहाँको आवश्यकता, भूगोल अनुसार प्रयोग गरेर महानगरको विकासलाई उच्च विन्दुमा पुर्‍याउँछु, यसमा मलाई उहाँको सहयोग चाहिन्छ ।’

उनले निर्वतमान प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको उज्जवल भविष्य र प्रगतिको कामना गरे । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयबाट मात्रै काममा सफलता प्राप्त हुने बताइन् । गृह मन्त्रालयमा सरुवा भएका गणेश अर्याललाई उनले शुभकामना दिइन् । 

Bharati1691150305.jpg
प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आफ्नो कार्यकालमा ललितपुर महानगरको विकासलाई थप उचाई दिने प्रतिबद्धता व्यक्त गरे । एक्लो प्रयासले केही नहुने बताउँदै कर्मचारीलगायत सबैको सहयोग अपरिहार्य भएको भारतीले बताए । 
निर्वतमान प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आफ्नो कार्यकालमा ललितपुर महानगरका धेरै काम गरेको दाबी गरे । आफूले महानगरको गरिमा कमजोर हुने कुनै काम नगरेको प्रष्ट्याउँदै महानगरको विकास र ख्यातिका लागि बाहिर बसेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

Bharati 11691150305.jpg
शाखा अधिकृत पदबाट वि.सं.२०६१ सालदेखि सरकारी सेवामा प्रवेश गरेका वीरेन्द्र देव भारतीसँग गोरखाको पालुङटार, बाँकेको कोहोलपुर नगरपालिका,  नेपालगंज उपमहानगरपालिका, अख्तियार दुरुपयाेग अनुसन्धान आयोग, श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार