उपप्रधानमन्त्री खड्काले गरे स्वयम्भूस्थित बारुदखाना निरीक्षण

बिहीबार, साउन १८, २०८०

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् ।  स्थलगत निरीक्षणका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली सेनालाई विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपूर्तिका लागि पहल गर्ने बताए । 
करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उनले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्रथमिकता दिन आग्रह गरेका छन् । 
    
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार