माओवादी केन्द्रीय कमिटी बैठक सुरु 

बुधबार, साउन १७, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकराी बैठक लगतै स्थायी कमिटी बैठक सुरु भएको छ । आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने प्रतिवेदनहरू पारित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक सुरु भएको हो । 

Photo-051690952525.jpg
स्थायी कमिटी बैठक बस्नुअघि माओवादी पदाधिकारी बैठक पेरिसडाँडामै बसेको थियो । स्थायी कमिटी बैठक लगतै आजदेखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् । 

Photo-01 (1)1690952548.jpg
पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन् । 

Photo-031690952534.jpg

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार