संसदीय समिति गठन नै समस्याको समाधान होइन् : प्रदीप पौडेल 

बुधबार, साउन १७, २०८०

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले, सुन प्रकरणलाई संसदीय छानबिन समिति बनाएर मात्रै यथार्थ बाहीर आउँछ भन्ने नभएको टिप्पणी गरेका छन् ।  संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै उनले सदनमा छलफल गर्न नदिने र छानबिन समिति पनि नबनाउँदा झनै समस्या बढ्ने बताए ।  तर प्राविधिक विषयमा मात्रै बुझेको संसदीय समिति बनाउँदैमा समस्या समाधान हुनेमा आफूलाई आशंका रहेको उनको भनाई छ ।  
उनले अब सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने र प्राविधिक पक्षलाई पनि समावेश गरेर निर्मम ढंगले छानबिन गर्नुपर्ने बताए ।  पौडेलले सुन प्रकरण सामान्य विषय नभएकाले सम्बन्धित पक्षले हलुका ढंगले लिन नहुने भन्दै राज्यले नै सत्यतथ्य छानबिन गर्नुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार