मधेसलाई सुख्खाग्रस्तक्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह

मंगलबार, साउन १६, २०८०

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले, मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।  महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिएका हुन् । 
सिँचाइको समस्या छँदैछँदा सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीकोसमेत समस्या विकराल देखिएको भन्दै उनले  संवेदनशील हुन सङ्घ र प्रदेश सरकारलाई आग्रह गरे ।

Photo (7) (1)1690896350.jpg
उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताए । 
‘नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झण्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु’, उनले भने । 
नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशको दिगो विकासका लागि आग्रह गरे । 
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सदैव नागरिकका सवालमा संवेदनशील भएको बताए । 

Photo (6) (2)1690896350.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार