देशका विभिन्न भागमा भारी वर्षको सम्भावना 

मंगलबार, साउन १६, २०८०

काठमाडौं । आज देशका विभिन्न स्थानमा भारी वर्षको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम रहेको छ । यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार