यसपटक गाईभैसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खिर खाने चाड मनाइने 

सोमबार, साउन १५, २०८०

काठमाडौं । नेपाली समाजमा हरेक महिना कुनै न कुनै पर्व र चाडहरू पर्छन् । जस्ले नेपाली समाजमा विशेष अर्थ राख्ने गर्दै आएको छ । कहिले दही चिउरा खाने नेपाली समाज कहिल खिचडीमा खान रुचाउँछ । कहिले सेल ध्यु चाकु मन पराउने यो समाज कहिले सातु पानीमा रमाउँछ । यही लयमा साउन १५ खिर खाने दिन हो । देशभरका गाईवस्तु लम्पी स्किनले थला परेको बेला यसपटक खिर खानलाई दूधको समस्या नपर्ला । तर यसपटकको खिर खुवाई ती दूधालु गाई र भैसीहरूको शीघ्र स्वास्थ्य लाभको कामनामा पनि केन्द्रित हुने भएको छ । 
साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते  खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढी हुने गर्दछ । लम्पी स्किनका कारण केही फरक अवस्थामा यसपटक दूधको आपूर्तिको व्यवस्था कसरी हुन्छ ? यसबारेमा नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँगको कुराकारी प्रस्तुत गरेका छौं । 

Pralad Dahal 1690772828.jpg

खिर खाने दिनको लागि दूधको माग कति छ ?

अन्य दिनको र अघिल्लो वर्षहरुको तुलनामा नेपालमा दैनिक ३१ लाख लि.दूध खपत भईरहेको छ । अघिपछि जुन ५० प्रतिशत दूध खपत हुन्थ्यो लगभग १६ लाख लि.। खिर खाने दिनको लागि लगभग त्यसको चार दोब्बर ६० लाख लि .जति दूध खपत हुन्छ । अघिल्लो वर्षको र अहिलेसम्मको तुलना गर्दा यो वर्ष अलि माग कम छ । किनभने अहिलेको विविध कारण मूल्य वृद्धि र आर्थिक मन्दीको कारणले गर्दा यो वर्ष खपत कम हुन्छ कि भन्ने हाम्रो आँकडा रहेको छ ।

आज खिर खाने दिन सबै किसानहरुको घरमा खिर पाक्छ कि पाक्दैन् ? 
खिर खाने दिन हाम्रो परपूर्वाकालदेखिनै पूर्खाहरुले बिशिष्ट खिर खाने दिनको रुपमा लिएका छन् । आयूर्वेदिक हिसाबले पनि अत्यन्तै महत्वपूर्ण खानाको रुपमा लिईन्छ । हिजो हाम्रो पूर्खाहरुले चलाएको चलन अनुसार पनि बर्खा याममा हिलोमा काम गर्नुपर्ने चिसो लाग्ने र विरामी हुने भएकाले खिरमा मसला हालेर खाने गरेको पाईन्छ र यसलाई सबैघरमा सबै किसानहरुले खिर खान नसक्ने हुनाले  एक दिन चाँहि खिर खाने दिनको उत्सबको रुपमा मनाएको छ । प्रत्येक घरमा नेपालीहरुले खिर खान्छन् । 

उत्पादन भन्दा माग बढी हुँदा किसानहरुले यो विषेश दिनमा आफूलाई नराखी दुध बिक्रि गर्ने गर्छन ?
खिर खाने दिन सबैले उत्सवको रुपमा मनाउने भएकाले पनि यो दिनमा किसानहरुले आफूलाई दूध नराखी बेच्ने गदैनन् । नेपालमा केहि वर्ष अगाडि देखि राष्ट्रिय दूग्ध विकास वोर्डले खिर दिवसको रुपमा पनि मनाउँने गरेको कारणले साउन १५ मा खिर खाने गर्छन् । झन् नयाँ कुरा अहिले विद्यालय,र अफिसहरुमा समेत अरु खाजा नखाई खिर नै खाने प्रचलन आएका्े छ । त्यसले गर्दा हाम्रो मैलिकता बचाउँने काम गरेको  छ । आउँने पुस्तालाई हाम्रो मौलिकता परम्परा हो यसले हाम्रो पर्यटकहरुलाई आकर्षण गर्न सक्छ भन्ने बुझाउनुपर्छ  । 
हाम्रो देशमा जति पनि उत्पादन भएको कुराहरु छन् सबै खाने दिनको रुपमा छन् । घिउ खाने चाकु खाने ,दहि चामल खाने खिर खाने होस् । सबै खाने कुरा दिन कुनै न कुनै दिन सबैले खाने चलन चलाएको ले खिर खाने दिनको पनि सुरुवात भएको  हो । अरु भन्दा खिर खाने दिन अलि बढि आयूर्वेदिक हिसाबले पनि बिशेष रुपमा लिईन्छ रोग प्रतिरोधात्मक शक्ति पनि खिरमा हुने गर्छ । त्यसैले पनि यसको महत्व एकदमै धेरै रहेको छ । 

लम्पी स्कीन रोगका कारण उत्पादनमा असर परेको छ भनिन्छ माग पूरा हुन्छ त ?
लम्पी स्कीनमा विशेषज्ञहरुले राष्ट्रिय दूग्ध विकास वोर्डले मन्त्रालयले पशुपंक्षी विकास विभाग सबैले यो रोग लाग्दा पहिले त दूध नै दिँदैन् बजारमा आउँदैन् र आएपनि खाँदा फरक पर्दैन यो सरुवा रोग होईन् भन्ने कुरा आएको फरक परेको छैन् । दूध अलि कम भएको छ तर साउन १५ लाई भनेर सबै व्यवसायीहरुले एक हप्ता अघिदेखि नै माग अनुसारको तयारी गरी पूर्ति गर्न सक्छौं । 

यस्ता विशेष चाडपर्वलाई लक्षित गरेर कुनै तयारी हुन्छ दूध उत्पादनको ?
किसानहरुले जति गाई भैसीले जति दूध दिन्छ त्यती नै दुध हो । तर त्यसको त्यसको व्यवस्थापन चाँहि उद्योगीहरुले गर्छन् । दूधमा लिन र फ्लस् सिजन भन्ने हुन्छ । फ्लस् सिजनमा दूध बढि भएको हुन्छ । त्यो बेलामा हामी पाउडर दूध बनाएर राख्छौं र त्यसलाई बिशेष माग भएको बेला पाउडर दूध मिसाएर बजारमा लान्छौं । पाउडर दूध दूधबाट नै बन्ने भएकाले त्यो खान उपयूक्त चिज नै हो । त्यसलाई कता कता पाउडर दूध खान हुन्न भन्ने हुन्छ तर त्यो राम्रो दूध नै हो । त्यसरी पुर्‍याउछौं । 
भारतीय उत्पादन पनि आउँन भाल्यो भन्ने छ नि हो ?
नेपालमा दूग्ध पदार्थ बाहिरबाट ल्याउन पाईदैन् । सय ग्राम भन्दा मुनिको हाम्रो देशमा बन्ने भएकाले त्यसतो ल्याउन चाँहि पाईन्छ भन्ने छ । त्यो भन्दा पाईँदैन् । तर बिभिन्न नाकाहरुबाट र अवैध रुपले भित्रिने गरेको छ । त्यो तत्काल बन्द हुनुपर्छ । स्वदेशमै उत्पादन भएको दुग्ध पदार्थ बिक्रि हुनुपर्छ र बाहिरवाट आयात भएको बजारमा ल्याउन पाउँदैन भनेर सम्बन्धित निकायलाई चिठी लेख्ने काम गरेका छौं । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार