माओवादीको पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने

सोमबार, साउन १५, २०८०

काठमाडौैं । काठमाडौं । नेकपा माओवादी केन्द्रको साउन १७ गते देखि सुरु हुने केन्द्रीय कमिटीको अजेन्डालाई अन्तिमरुप दिन पार्टीका पदाधिकारीहरू छलफलमा जुट्ने भएका छन् । प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
पदाधिकारी बैठकमा नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टी एकताका लागि पठाएको नौ बुँदे प्रस्तावका साथै कोशी प्रदेश सरकारका विषयमा पनि छलफल हुने बताइएको छ । बुधबार देखि सुरु हुने माओवादी बैठकमा विधान अधिवेशन, संगठन परिचालयनसहितका विषयमा छलफ हुनेछ ।  
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार