माओवादीसँग पार्टी एकताका लागि भट्टराईले राखे नौ बुँदे प्रस्ताव 

एक व्यक्ति, एक पद, दुई दुई कार्यकालको अवधारणा
सोमबार, साउन १५, २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकीकरणका लागि नौ बुँदे प्रस्ताव अघि सारेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समाजवादी मोर्चामा राख्नसमेत अस्विकार गरेपछि बाबुराम भट्टराई नेतृत्व नेसपा अहिले बाहिर परेको छ । 
माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दै समावादी मोर्चामासमेत सहभागि हुने तयारीका साथ नेसपाले एकताका लागि संवाद समिति गठन गरेको छ । नेसपा संवाद समिति संयोजक गंगानारायण श्रेष्ठले पार्टीको तर्फबाट तयार पारेको प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका छन् । दुई पार्टी एकता भएपछि नाम, पार्टीको झन्डा, चुनाव चिह्न परिर्वतन गर्न प्रस्ताव गरिएको छ । 
आफ्नो पार्टीका कम्तीमा सातजना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरोमा समायोजन गर्नुपर्ने पनि नेसपाको प्रस्तावमा छ । 
एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सार्दै नेसपाको पार्टी एकताको प्रस्तावमा भनिएको छ, ‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ ।’ 
नेसपाले अघि सारेको पार्टी एकतको प्रस्तावमा साउन १७ देखि काठमाडौं सुरु हुने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।  
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार