संसदका चार समितिको बैठक बस्दै

आइतबार, साउन १४, २०८०

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ । संसद सचिवालयको कार्यालय सिंहदरबारमा समितिका बैठकहरु बस्ने सचिवालयले जनाएको हो ।

जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ । बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषय र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको पनि बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समाज कल्याण परिषद्को प्रस्तुति र छलफल सम्बन्धमा छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ । त्यसअघि सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । लेखा समितिको बैठक दिउँसो १ बजे बस्दैछ । लेखा समितिको बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यविधिका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको हो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार