महोत्तरीमा दिनदहाडै बैंक लुटिने गिरोहमा संलग्न एकजना पक्राउ  

बिहीबार, साउन ११, २०८०

काठमाडौं । हतियार देखाएर महोत्तरीमा दिनदहाडै एनएमबी बैंकमा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका २० वर्षीय अजय कुमार छन् । उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । 
महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । 
जेठ १६ गते लुटेरा समूहले बैंकबाट १५ लाख रुपैयाँ लुटेका थिए । चार÷पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू भागेका थिए । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । 
घटना भएको ५७ दिनपछि प्रहरीले लुटेरा समूहको एक जनालाई पक्राउ गरेको हो । अजय कुमारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले महोत्तरीको मटिहानी–८ बाट पक्राउ गरेको हो । 
पक्राउ परेका अजय कुमारलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। लुटमा संलग्न अन्यको पहिचान भई सकेको र उनीहरुको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकीबाट दुई सय मिटर दूरीमा रहेको एनएमबी बैंक लुटिएको थियो । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।
घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४–५ जनाको पहिचान खुलेको हो । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार