ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू थप पाँच दिन थुनामै रहने 

बिहीबार, साउन ११, २०८०

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीसहित २२ जना पक्राउ परेका छन् । सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि सिआइबीले अनुसन्धान गरिरहेकाे छ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार