सुन काण्ड छानबिनका लागि भन्सार विभागले गठन गर्‍यो छानबिन समिति

बिहीबार, साउन ४, २०८०

काठमाडौँ । भन्सार विभागले एक सय केजी सुन बाहिरिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरेका हुन् । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागले छानबिन समिति गठन गरेको हो ।  
राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परेका छन् । मङ्गलबार राति बरामद गरिएको सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार