पक्राउ परेका सञ्चार सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

बिहीबार, असार २८, २०८०

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतलाई उपस्थित गराउन आदेश दिएका हुन् । 
गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सचिव राउतलाई सुरुमा २ दिन र अन्य अभियुक्तसँगै थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ । 
बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हालसम्म १८ जना पक्राउ परेक छन् । गत आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरि घिमिरेलाई पनि सुरुमा दुई दिन र पछि थप ५ दिन हिरासतमा राख्न अनुमति मिलिसकेको छ । गत आइतबार बिराटनगर जान लाग्दा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । बाबु विरामी भन्दै उनले दुई दिनको बिदा लिएका थिए । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार