मछिन्द्रनाथबारे सोधखोज गर्दै आसामी प्राध्यापकहरु ललितपुरमा

विद्यार्थीसहित आएका प्राध्यापक उत्सुक हुँदै पुगे बुङमति
बुधबार, असार २०, २०८०

ललितपुर । भारतको आसाममा रहेका दुईवटा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न ललितपुर आइपुगेका छन् । गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र नर्थ इस्ट आशीवार्द फाउन्डेसनका अनुसन्धानकर्ता, लेखक, पत्रकार, कलाकार र सांस्कृतिक संगठनका गरी २२ जना ललितपुर आइपुगका हुन् । २२ जनाको टोली रातो मच्छिन्द्रनाथको मन्दिर भएको ठाउँ बुङमति पुगेका थिए । त्यहाँ उनीहरुले पुनर्निर्माण भइरहेका रातो मच्छिन्द्रनाथको मन्दिरको बारेमा सोधखोज गरेका थिए । त्यसैगरी बुङमतिका अन्य सम्पदा, त्यहाँको पुरानो बस्ती र बस्तीको ऐतिहासिक पाटोका बारेका अभिरुचिपूर्वक सूचना र जानकारी संकलन गरेका थिए ।

357942486_201735435816749_1570110822586093211_n1688520006.jpg

‘मच्छिन्द्रनाथबारे अध्ययन अनुसन्धान गरौं ’
आसामको विश्वविद्यालयबाट रातो मच्छिन्द्रनाथको बारेमा सोधखोज  गर्न ललितपुर आएका प्राध्यापक टोलीले थप अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
ललितपुर महानगरले आयोजना गरेको नेपाको संस्कृति, कला र साहित्य तथा मच्छिन्द्रनाथ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा आसामको गुवाहाटी विश्वविद्यालयका प्रा.डा खगेन्द्र शर्माले रातो मच्छिन्द्रनाथको बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, ‘विश्वविद्यालयबाट तीनचारवटा अध्ययन अनुसन्धान गर्नुपर्छ, त्यो रिसर्च नेपाल र भारत दुबैतिरको विश्वविद्यालयबाट गर्न सकिन्छ ।’

358196221_224216030490038_2693828362611198399_n1688520004.jpg
डा.खगेन्द्र शर्माले ती अनुसन्धानलाई विश्वभर फैलाउनुपर्ने धारणा राख्दै अंग्रेजी भाषामा मच्छिन्द्रनाथको बारेमा सामग्रीहरु तयार पार्नुपर्ने बताए । रातो मच्छिन्द्रनाथको बारेमा अध्ययन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कटन विश्वविद्यालयका एसोसियट प्राध्यापक अम्बेश्वर गोगोइले अध्ययन अनुसन्धानले रातो मच्छिन्द्रनाथको बारेमा रोचक र नयाँ तथ्य पत्ता लाग्ने बताए । अनुसन्धान आवश्यक भएको बताउँदै उनले भने, ‘रातो मच्छिन्द्रनाथ र रातो मच्छिन्द्रनाथको जात्राको बारेमा अनुसन्धानमूलक, जानकारीमूलक सामग्रीहरुलाई विश्वभर प्रचारप्रसार गर्नुपर्छ ।’

358218735_1623955511415356_2140542045256273393_n1688519986.jpg
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको बारेमा अध्ययन अनुसन्धान गर्न महानगरले सहयोग गर्ने बताए । नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको बारेमा नेपाली भाषमा थुप्रै अध्ययन सामग्री भए पनि अंग्रेजीमा नभएको स्वीकार गरे ।
उनले भने, ‘उक्त अध्ययनका लागि योजनाबद्ध ढंगबाट अघि बढौं हामी सहयोग गर्न तयार छौं ।’
उद्योग पर्यटन समितिका संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले मच्छिन्द्रनाथ सहकालका देवता भएको बताउँदै महानगरले अध्ययन अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

358294447_682419243718918_865313767935174252_n1688520016.jpg
अनुसन्धानकर्ता छत्रबहादुर कायस्थले रातो मच्छिन्द्रनाथको बारेमा आफूले अध्ययन गर्दा निकै रोचक विषयहरु फेला परेको बताए  । अध्ययनका क्रममा भेटेको गीतमा १२ वर्षसम्म पानी नपरेपछि पानी पार्नका लागि मच्छिन्द्रनाथको भक्ति गरेको उल्लेख भएको बताए । उनले भने, ‘पानी पार्ने र अन्न त्यसमा पनि धान फलाउन मच्छिन्द्रनाथको ठूलो योगदान भएको अनुसन्धानको क्रममा पाइएको छ ।’
पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले मच्छिन्द्रनाथको पूजा विधि र प्रक्रियाका बारेमा चर्चा गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार