तथ्यहीन समाचार लेखेको भन्दै गोदावरी नगर प्रमुख गजेन्द्रले दिए उजुरी 

सञ्चारमाध्यम र पत्रकारलाई कारबाही गर्न माग 
बिहीबार, असार १४, २०८०

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुबाट प्रकाशन हुने एक अनलाईन विरुद्ध उजुरी दिएका छन् ।  २०८० असार १३ गते “गोदावरीका मेयर गजेन्द्र र उपमेयर मुनालगायतविरुद्ध अख्तियारमा सार्वजनिक जग्गा मिचेर प्लटिङको अनुमति दिएको भन्दै उजुरी” भन्ने शीर्षकमा महाँकाल नेटवर्क प्रालिका नाममा सञ्चालित ललितखबर डटकम नामक सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको थियो ।  
उक्त समाचार तथ्यहीन आधारहीन, अपुष्ट, प्रमाणविहीन र एकतर्फी भएको भन्दै  नगरप्रमुख गजेन्द्र महर्जनले प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

WhatsApp Image 2023-06-29 at 21.50.031688055775.jpeg
उजुरीमा भनिएको छ, ‘आधारहीन, अपुष्ट आरोपहरु लगाई नगरपालिकाको जनप्रतिनिधि र सिङ्गो नगरपालिकाको गरिमा र चरित्र हत्या गर्ने जस्ता मनसायबाट ग्रसित भई समाचार प्रकाशन गरिएको छ ।’ अपुष्ट आरोप लगाई समाचार प्रकाशन तथा प्रशारण गर्ने सञ्चार माध्यम र लेख्ने पत्रकार दुबैलाई प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन–२०७६) वमोजिम हदैसम्मको कारबाही गर्न समेत उजुरीमा माग गरिएको छ । 

press council1656860674.jpg
पत्रकार र संचारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराउनु पर्नेमा पत्रकारिताको आचारसंहिता विपरित  स्रोतको हवाला दिर्दै प्रकाशित समाचारप्रति नगरपालिकाको गम्भीर असहमति र आपत्ति रहेको उजुरीमा उल्लेख गरिएको छ । नगरपालिकाले उजुरीको बोधार्थ प्रति अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाएको छ ।

1652181031.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार