गोदावरी नगरको इन्जिनियरिङ कलेज धमाधम निर्माण हुँदै 

आब २०८२-२०८३ देखि कक्षा संचालन हुने 
मंगलबार, असार १२, २०८०

ललितपुर ।  गोदावरी नगरपालिकाले निर्माण सुरु गरेको इन्जिनियरिङ कलेज निर्माण कार्य तीब्र गतिमा अघि बढेको छ ।  नगरपालिकाको वडा नंं.२ विशंखुमा निर्माण गर्न लागिएको कलेज भवनको दोस्रो तल्ला ढलान सम्पन्न भयो । बहुवर्षीय योजनामा रहेका उक्त कलेजका दुईवटा भवन निमार्ण गरिनेछ । नगर प्रमुख गजेन्द्र महर्जनले भवन निर्माणको काम तीब्र गतिमा अघि बढेको बताए । उनले भने, ‘जतिसक्दो छिटो भवन निर्माणका काम सक्नेछौं । ’ उक्त कलेजमा  आर्थिक वर्ष २०८२-२०८३ देखि इन्जिनियरिङ विषयको पढाई सुरु हुने नगरपालिकाले जनाएको छ । 
गोदावरी नगरपालिकाले पूर्वाधार निर्माणसँगसँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतमा राखेको छ आर्थिक वर्ष २०८०-२०८१ मा गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रमा ५ करोड बजेट विनियोजन गरेको छ ।  नगरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ ।

Godavari emginering 31687882131.jpg

नगर प्रमुख महर्जनले भने, ‘मान्छेले छोरोछोरीलाई गाँस काटेर भएपनि राम्रो पढाउन चाहन्छ, त्यसको लागि नजिकको सरकारको हैसियतले यो क्षेत्रमालाई हामीले प्राथमिकतामा राखेका हौं ।’ गणित, विज्ञान र अंग्रेजी पढाउनका लागि नगरले सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गरेको हो । उनले भने, ‘केही सामुदायिक विद्यालयमा यी तीन विषयमा विद्यार्थी बलियो बनाउनुपर्ने अवस्था छ , त्यसैले यी विषय पढाउन शिक्षक व्यवस्था गर्यौंं ।’
इन्जिनियरिङ कलेज निर्माण पनि शिक्षा क्षेत्रलाई गोदावरी नगरपालिकाले प्राथमिकतामा राखेर गरेको कामको एउटा उदाहरण भएको नगर प्रमुख महर्जनले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा बिक्ने क्षमता भएका इन्जिनियर उत्पादनमा हामी प्रतिबद्ध भएर लाग्छौं । ’ यो नगरपालिका उपत्यकाको ठूलो  नगरपालिका हो । 

godavi enginering1687882253.jpg

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार