गोदावरी नगरको बजेट दुई अर्ब ३३ करोड

प्रत्येक वडालाई एक करोड ५० लाख 
सोमबार, असार ११, २०८०

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि दुई  अर्व ३३ करोड रुपैयाँको बार्षिक बजेट ल्याएको छ । 
उप प्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेट नगरसभा सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका छन् । 
गोदावरी नगरले पूर्वाधार विकासमा ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड रुपैयाँ विनियोजन गरेको छ । सम्पदा संरक्षण, खानेपानी, खेलकुद तथा खेल पूर्वाधार निर्माण, दमकल खरिद, नगर बस संचालनका लागि २२ करोड बजेट छुट्याइएको छ । नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख बजेट विनियोजन गरेको उप प्रमुखले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

gaju1687738864.jpg गोदावरी नगरपालिकामा रहेको १४ वटा वडामध्ये धेरैजसो वडाहरु कृषि उत्पादनका लागि योग्य जमिन भएका वडा छन् । यसका साथै ती वडावासीको मुख्य पेशा कृषि रहेको छ । नगरभित्रका वडाहरुका लागि प्रति वडा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । 
सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन, तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १÷१ करोड रुपैयाँ विनियोजन गरेको बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

gg1687738917.jpg
नगरसभामा अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई यो बजेटले प्राथमिकता दिएको बताए । उनले भने ,‘ नयाँ र ठूलो नगरपालिका भएकाले पूर्वाधारको काम जति गरेपनि सकिदैंन पूर्वाधारसँगसँगै , शिक्षा र स्वास्थ्यमा नयाँ योजना र अघिल्लो आबको योजनालाई निरन्तरता दिन्छौ ।’ प्रमुख महर्जनले वडाहरुमा स्वास्थ शिविर र निशुल्क ओैषधि वितरणको कार्यक्रम संचालन गर्ने बताए । नगरवासीहरुलाई दीर्घरोग लाग्न समयमा नै रोग पहिचान गर्न नगरभित्रका चार प्रयोगशालाको सेवालाई चुस्त बताउने बताए । 
तरकारीको पकेट क्षेत्रका लागि बीउ वितरण गर्ने, महिला उद्यमी र किसानहरुलाई अनुदान तथा व्याज सहुलियत सहित ऋण कार्यक्रमहरु लागू गर्ने, धार्मिक पर्यटनलाई जोड दिने लगायतका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए ।

353664305_1335684643990467_2096955597781124221_n1687738784.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार