काठमाडौं र ललितपुरको नीति तथा कार्यक्रम सार्वजनिक, वीरगञ्जले ल्यायो तीन अर्ब २१ करोडको बजेट 

बिहीबार, असार ७, २०८०

काठमाडौं । मुलुकका तीनवटा महानगरपालिको बुधबार नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरेका छन् । राजधानीका काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् भने मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकाले बजेट नै सार्वजनिक गरेको हो । स्थानीय तहलाई असार १० भित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ । 


महानगरपालिकाको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०–८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् । 
‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगर उपप्रमुख आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिए । 
आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।  
 आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय  हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने छ । 
काठमाडौँमा  साउन १ गतेदेखि प्लाष्टिक प्रयोग निषेध
काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । 
कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने जानकारी दिए ।


सार्वजनिक, ऐलानी, पर्ती, नदी उकास, नदी किनार, नदी करिडोर, गुठी तथा सरकारी जग्गाको लगत अद्यावधिक गरी सोको संरक्षण, संवर्द्धन तथा उपयोग गर्ने महानगरको योजना छ । महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रका रूपमा विकास गर्ने नीतिलाई निरन्तरता दिएको छ ।  

नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।  
सेवा प्रवाह १६ घण्टा 
महानगर प्रमुख शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने सार्वजनिक गरेका छन् । 

ललितपुर महानगरले क्लिनिङ एम्बुलेन्स ल्याउने 
ललितपुर महानगरपालिकाले वार्षिक कार्यक्रममा आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्स सञ्चालन गर्ने नीति सार्वजनिक गरेको छ । 
आर्थिक वर्ष २०८०–८१ का लागि महानगर प्रमुख चिरीबाबु महर्जनले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आयोजना बैंकको तर्जुमा गर्ने, नागरिकका गुनासा तत्कालै सम्बोधन गर्नेगरी क्लिनिङ एम्बुलेन्सको अवधारणा लागू गर्ने विषयलाई समेटेका हुन् । 

352116640_997698141242558_7911409743717094212_n1687389838.jpg
परम्परागत पानीका मुहान, ढुङ्गेधारा, कुवा, इनार, पोखरी जस्ता स्रोतलाई संरक्षण गर्ने, सिस्नेरी खोलाको पानीलाई उपत्यकामा ल्याउने सम्बन्धमा सम्बद्ध निकायको समन्वयमा आवश्यक गृहकार्य गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पु¥याउने, पानीको वितरण प्रणालीलाई व्यवस्थित गर्ने, पैदल यात्रुलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि ‘वाटर एटिएम’ सञ्चालन गर्नेलगायतका विषयलाई समेत महानगरले नीति तथा कार्यक्रममा समेटेको छ । 
 
    

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार