गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटको सम्मान

मंगलबार, असार ५, २०८०

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटले सम्मान गरेको छ । स्काउटको ७२ औँ स्थापना दिवसका अवसरमा नगरप्रमुख महर्जनलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको हो । स्काउटको स्थानीय पालिकाको संरक्षकको हैसियतमा स्काउटको वृद्धि, विकास र विस्तारका लागि महत्वपूर्ण योगदान पु¥याएको कदर स्वरुप नगर प्रमुख महर्जनलाई उक्त सम्मान प्रदान गरिएको स्काउटले जनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले उक्त कदर पत्र प्रदान गरेका हुन् । महर्जनले नगरपालिका भित्रका सामुदायिक विद्यालयका स्काउट पढाउने शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नगरपालिकामै स्काउटको कार्यालय स्थापना गरेर गतिविधि सञ्चालन गर्दै आएका छन् । त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई स्काउट पोषाक वितरण गर्दै आएका छन् । सबै विद्यालयमा स्काउट शिक्षा अनिवार्य गराउने उनको लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार