चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

बुधबार, जेठ २४, २०८०

काठमाडौँ । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज पहिलो सिजन नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो ।
विस।स २०६६ मा राष्ट्रिय खेलकुद परिषद ९राखेप० मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो । चर्च ब्वाइज छनोट हुँदै ‘सी’, ‘बी’ र ‘ए’ च्याम्पियन बन्ने दोस्रो क्लब बनेको छ । यसअघि मनाङ–मर्स्याङ्दी लगातार च्याम्पियन बनेको थियो ।

Sport____-21686090592.jpg
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्री स्टार अग्रत लिनबाट चुक्यो । लगत्तै १७औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोल रक्षक अरुण ब्लोनले बचाए । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
३६औँ मिनेटमा अन्जन विष्टको फ्रिकिक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै ३७औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले गरेको हेडर अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । अब चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ । थ्री स्टारको २५ खेलबाट २९ अंक छ ।
चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ए डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्रीस्टारसँगको बराबरीले चर्च ब्वाइजलाई लिग विजेता बन्न सहज भयो ।

a-division1686090608.jpg
सी डिभिजनदेखि ए डिभिजनसम्म लगातार विजेता बन्दै उपाधि जित्ने चर्च ब्वाइज क्लब दोस्रो टोली बन्यो । विसं २०६६ मा स्थापना भएको चर्च ब्वाइज क्लब सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको थियो । त्यसपछि विसं २०७६ मा सी डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले त्यसयता विसं २०७७ मा सी डिभिजन र विसं २०७८ मा बी डिभिजनको उपाधि जित्दै ए डिभिजनमा बढुवा भएको थियो ।
यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जित्दै आफ्नो नाममा कीर्तिमानी बनाएको थियो । विसं २०३९ देखि २०४३ सालसम्म मानाङ मस्र्याङ्दी क्लबले डि डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जितेको थियो ।
मंगलबार खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको विभिन्न समयमा दुवै टोलीले गोलको अवसर प्राप्त गरेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन र चर्च ब्वाइज लिग विजेता बन्न सफल भयो । डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क बनाएको छ । दुई खेल खेल्न बाँकी मछिन्द्रको ३९ अङ्क छ । मछिन्द्रले बाँकी दुई खेलमा विजयी हासिल गरेता पनि चर्च ब्वाइजलाई पछि पार्न सक्दैन । चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि रहेको छ ।
चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ मा हारको नतिजा निकालेको थियो । त्यस्तै समान २५ खेल नै खेलेको थ्री स्टारको २९ अङ्क भएको छ । थ्रिस्टार बाह्राैँ स्थानमा छ ।

Church_Boys1686090615.jpg

बालगोपाल महर्जनलाई पहिलो ए डिभिजन लिग उपाधि
बालगोपाल महर्जनले राष्ट्रिय फुटबल टोलीदेखि उमेर समूह र व्यवसायिक प्रशिक्षण जीवनमा पनि थुप्रै सफलता प्राप्त गरिसकेका छन् । मंगलबारबाट उनको सफलतामा अर्को एउटा उपाधि थपिएको छ ।
प्रशिक्षकका रुपमा महर्जन पहिलो पटक ए डिभिजन लिगको च्याम्पियन बनेका छन् । उनको प्रशिक्षणमा लिगको अन्तिम खेल अघि नै चर्च ब्वाइज युनाइटेडले लिग उपाधि जितेको छ । चर्च ब्वाइज ए डिभिजन लिगको पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो ।

https://assets.deshsanchar.com/wp-content/uploads/2021/09/06181140/balgopal-maharjan-%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%97%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8.jpg
डेढ दशक लामो प्रशिक्षण जीवनमा उनले क्लबलाई ए डिभिजन लिग जिनाउन सकेका थिएनन् । उनले यसअघि घरेलु फुटबल कै सफल टोली मध्येका मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबलाई प्रशिक्षकका रुपमा च्याम्पियन बनाउन सकेका थिएनन् । फ्रेन्ड्समा पनि प्राविधिक निर्देशकको भूमिकामा रहे ।
यसपटक उनले त्यो सफलता प्राप्त गरेका छन् । महर्जन चर्च ब्वाइजको प्रशिक्षक नियुक्त हुँदा टोलीले लिगमा सात खेल खेलिसकेको थियो । आफैंले एन्फा एकेडेमीमा प्रशिक्षण दिएका अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट लगायत क्लब व्यवस्थापनले अनुरोध गरेपछि प्रशिक्षणका लागि तयार भएका थिए ।
लिग उपाधि पक्का भएपछि उनै अनन्त र अन्जन विष्टका साथ पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका महर्जनले भने, ‘सन् २०१२ देखि हामीसँगै छौं । गुरु दक्षिण पाएको महसुस गरेको छु ।’

https://www.imagekhabar.com/wp-content/uploads/2023/04/khel-1.jpg
क्लबमा केहीपछि मात्र आबद्ध भएपनि टिम वर्क, अनुशासन, लगानशिलताकै सफलता मिलनेको आफूले महसुस गरेको महर्जनले बताए । ‘टोलीका सबैको उत्तिकै मेहेनतले हामीले च्याम्पियन बन्न सफल भएका हौं । अन्तिम खेलमा पनि अपराजित रहेर उपाधि र मेडल लगाउँदा खुसी लाग्नेछ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
यसअघि जति पनि सफलता हासिल भयो ती सबैमा व्यवस्थापन, खेलाडी, प्रशिक्षण टोलीको संयुक्त प्रयास मुख्य रहेको उल्लेख गर्दै महर्जनले भने, ‘सबैको समन्वय आवश्यक हुन्छ । म जहाँ रहेपनि त्यसै कारणले सफलता मिलेको लाग्छ ।’
महर्जनले पहिलो पटक ए डिभिजन लिग जित्दाको अनुभव साट्दै भने, ‘लिग फुटबलको मेरुदण्ड हो । होम एन्ड अवे भएको लिगमा ट्रफी जित्दा खुसी लाग्छ नै । एकदमै खुसी लागेको छ । यसको श्रेय सबैलाई जान्छ । अनुभवी, युवा र विदेशी खेलाडीबीचको समन्वय मिलाएकै कारण सफलता मिलेको हो ।’
अन्जन, अनन्तसहित सन् २०१५ मा नेपाल यू १९ साफ च्याम्पियन बनाएका महर्जनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप जिताएका थिए । त्यस्तै दुई वर्ष अघि स्वदेशमा राष्ट्रिय टोलीलाई पहिलो थ्री नेसन्स कप जिताएका उनले तीन वर्ष अघि स्वदेशमै १३ औं दक्षिण एसियाली खेलकुद ९ साग० मा यू २३ टोलीलाई स्वर्ण पदक दिलाएका थिए । दुई वर्ष अघि भएको नेपाल सुपर लिग ९एनएसएल० मा काठमाडौं रेजर्सलाई उपाधि दिलाएका महर्जनले केहि समय राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार