रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको आममाफी प्रकरणविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ । टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि  प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट हालेकी थिइन् ।
उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदाले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सुनुवाइ अघि बढेको थियो ।
सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार