नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कमदप्रति चौतर्फी आलोचना

बुधबार, जेठ १७, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै उनको यो निर्णयलाई लिएर चौतर्फी आलोलना सुरु भएको छ । बुधबार बिहान राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।
संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

RABI1685524010.png
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले पनि विरोध गरेका छन् ।   
नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा असन्तुष्टि पोखेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार