चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

बुधबार, जेठ १७, २०८०

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा त्यसतर्फ प्रस्थान गरेका छन् । सरकारी र निजीक्षेत्रका सहित ८८ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री भारत भ्रमणमा गएका हुन् ।
निजी क्षेत्रबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ४२ जनाको टोली दिल्लीतर्फ लागेको छ ।

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक जिम्मेवारी
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  सिफारिशमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएा छन् । प्रधानमन्त्री प्रचण्ड आजदेखि गणतन्त्र भारतको औपचारिक भ्रमणका लागि गएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी राष्ट्रपतिले तोकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार