मन्त्रिपरिषद्ले टुंग्यायो प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा 

मंगलबार, जेठ १६, २०८०

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई उपलव्धिमूलक बनाउने विषयमा छलफल भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनले भारत भ्रमणको एजेण्डा र टोलीको टुङ्गो लागिसकेको बताइन् । प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा जाँदैछन् ।
यस्तै बैठकमा नागरिकता विधेयकका विषयमा छलफल भएको भन्दै उनले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास लिइएको बताइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार