नक्कली भुटानी शरणार्थी प्रकरणमा सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना गिरफ्तार

आइतबार, जेठ १४, २०८०

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

na1685274706.jpeg
गिरफ्तारीमा पर्नेहरूमा कृष्ण पहाडी, अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, ललितपुरका बलबहादुर गाहा मगर, काठमाडौँकी उमा गौतम, भगवान पुडासैनी छन् । काठमाडौँका ५५ वर्षीय इश्वर पुडासैनी, काठमाडौँका ६० वर्षीय जयराम पुडासैनी, काठमाडौँका ४६ वर्षीय विकास थापा, काठमाडौँका ४६ वर्षीय रमेशकुमार बराल, काठमाडौँका ५३ वर्षीय चन्द्रमणी गौतम र काठमाडौँकी ३८ वर्षीया रिता अधिकारी रहेका छन् ।
गिरफ्तारमा परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।

Giraftar1685274705.jpeg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार