सांसदहरूलाई ६ घन्टा कुराएर भोलिलाई सर्‍यो प्रतिनिधिसभा बैठक

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ ।  प्रतिनिधिसभा बैठक भोलि (शनिबार) सम्मका लागि स्थगित भएको छ । शुक्रबार साँझ ६ बजेका लागि तय भएको बैठक अन्तिम समयमा भोलि सम्मका लागि स्थगित भएको हो ।  शुक्रबार मध्याह्न १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठकदिउँसो ३ बजेका लागि तय गरिएको थियो । त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँस गरि स्थगित भएको हो । 

parlia1685108980.jpg
संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले शनिबार दिउँसो ४ बजेका लागि बैठक तय भएको जानकारी गराएका छन् । 
यसअघिको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको छानवीन गर्नुपर्ने माग गरेका थिए ।
उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो । एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो ।

sadam 1685108983.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार