नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ । सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि पठाउने निर्णय गरेको हो ।
राष्ट्रपतिले कानुनी परामर्श गरिरहेका बेला यसअघि दुई पटकसम्म रोकिएको यो विधेयक प्रमाणीकरणका लागि अनुरोध गर्ने निर्णय भएको एक मन्त्रीले बताए । 
नागरिकता विधेयकलाई लिएर केही दिनअघि मात्रै सत्तारुढ गठबन्धनका नेताहरुले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग परामर्श गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपालसहितले यो विधेयकबारे राष्ट्रपतिसँग संवाद गरेका थिए । 
यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा दुई पटकसम्म रोकिएको थियो । अहिले पनि यो विधेयक राष्ट्रपतिको कार्यालयमा थन्किएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार