मच्छिन्द्रनाथको भोटो जात्रा व्यवस्थापनको काम पुरा सेनेटरी प्याड सहित एम्बुलेन्स र घुम्ती शौचालय

बुधबार, जेठ १०, २०८०

ललितपुर : ललितपर महानगरले मच्छिन्द्रनाथको भोटो देखाउने स्थलमा आवश्यक व्यवस्थापनको काम पुरा भएको जनाएको छ । भोटे देखाउने स्थल जावलाखेलमा एम्बुलेन्स, सेनेटरी प्याडसहितको घुम्ती शौचालय राखिने महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘सुरक्षाको लागि नगरप्रहरीको व्यवस्था हुन्छ’ बैठकमा सहभागीहरुले भोटे देखाउने स्थलमा भीडभाड हुने भएकाले बगलीमाराको बिगबिगी हुने बताएका थिए । यसैगरी नेपाल टेलिकमले धेरै मानिहरु एकै ठाउँमा हुँदा नेटवर्कको समस्या हुने तर्फ सचेत रहदै टावरको क्षमता बढाइदिने बताएको छ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भोटो देखाउने जात्रा राम्रोसँग सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताए । उनले भने, ‘अपनत्व र स्वामित्वको विषय हो, हातेमालो गरेर अघि बढौं । ’ भोटोजात्रापछि मिमनाथको रथलाई फर्काउने क्रममा टंगलसम्म रथ तान्न नगरप्रहरीले समेत जिम्मेवारी गर्ने महानगर प्रमुख महर्जन बताए । उनले भने, ‘केही दिन अघि नगरप्रहरीको कमाण्डले रथ ताने जस्तै गरी मिमनाथको रथ तान्ने काम गर्छ । ’ ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरले गर्नुपर्ने सम्पूर्ण व्यवथापनका काम पुरा गरेको बताए । उनले ललितपुरको विभिन्न चोकहरुमा राखिएको अग्लो बत्ती पनि जावलाखेलमा राखिसकेको बताए । गुठी संस्थान ललितपुरका प्रमुख लछुना शर्मा काफ्ले सबैको सहयोगले यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा विना अवरोध सम्पन्न हुनेमा आफू विश्वस्त भएको बताइन् । उनले भनिन् ‘बीचमा केही अप्ठ्यारो होला जस्तो भएको थियो, तर सबैको सहयोगले अबरोध हट्यो, कृतज्ञ छु । ‘एसएसपी सिद्धीविक्रम शाहले मच्छिन्द्रनाथको भोटो जात्रामा सुरक्षासम्बन्धी सम्पूर्ण तयारी सम्पन्न भइसकेको बताउँदै कुनै त्रुटि नहुने उनले बताए । ज्यापुसमाजका अध्यक्ष तीर्थ महर्जनलाई दर्शक र आगन्तुकको लागि ठाउँ छुट्याउन सुझाव दिए । उनले भने, ‘एकतर्फ बसीसकेको मान्छेलाई यता बस र उता बस भन्दा राम्रो हुँदैन, यसतर्फ बेलैमा ध्यान पुर्‍याउनुपर्छ ’ नेपाल स्काउट ललितपुरका प्रमुख गोपाल महर्जनले स्काउटले पनि राष्ट्रपतिलाई सलामी दिन पाउनुपर्ने बताउँदै भने, ‘ धेरै वर्षदेखि हामीले सलामी चढाउँदै आएका हौ, यो वर्ष पनि सलामीमा सहभागी हुन्छौं ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार