सरकारी वकिललाई आज रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

नक्कली भुटानी शरणार्थी प्रकरण
आइतबार, जेठ ७, २०८०

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ संलग्न देखिएपछि प्रहरी महानीरिक्षक बसन्त कुँवर र महान्याधिवक्ता दिनमणी पोखरलको दौडधुप चलेको आरोप लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार नै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेका बेला महानिरीक्षक कुँबर र महान्याधिवक्त पोखरेलले दिन भर छलफल गरी मुद्दा कमजोर बनाउन लागेको आरोप लागेको छ । आइतबार बिहान आइजीपी कुँवर, एआइजी, श्याम ज्ञावाली, महान्याधिवक्ता पोखरेल लगायतका उच्च अधिकारीहरुको बैठकले अनुसन्धान प्रतिवेदन बुझाउन ढिलाई गरेको हो ।
बिहानदेखि चार घण्टा उच्चस्तरीय बैठक बस्यो त्यसपछि आज जाने भनिएको अनुसन्धान प्रतिवेदन प्रहरी कार्यालयमै रोकिएको थियो ।

Top-Bahadur-Rayamajhi1684155283.jpg
पक्राउ परेको नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र विचौलियाको बयान, गृहमन्त्रालयको बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनलाई किर्ते गरेको, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेश गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको अवस्थामा त्यसलाई सकेसम्म कमजोर बनाउने गरी उच्चस्तरीय बैठक बसेको स्रोतको दाबी छ ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार शुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरुले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृहमन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्ते नै मूख्य आधार र प्रमाणको रुपमा प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागेको थियो ।
यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

nakali1683191974.jpg
प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आजमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने बताए ।
यो घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ ।
उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यत्ति फरार छन् ।

देशकै लागि दुर्भाग्य :  बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भूटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन् ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एकवर्षे उपलब्धि कार्यक्रममा उनले भ्रष्टाचार देशद्रोही कदम भएको र भूटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार