नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्णसहित १२ जनालाई ४ दिन म्याद थप

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो ।अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।
सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ । हाल उनी फरार छन् । उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन् ।  

Khan-in-Police-Custody1684062329.jpg
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार