सुडानमा रहेका ८ नेपाली आज काठमाडौं आइपुग्दै

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ । द्धन्द्ध ग्रस्त सुडनमा रहेका १३ नेपालीमध्ये आज ८ जना काठमाडौं आएका छन् । स्वदेश फर्कन बाँकी रहेका पाँचजना आज जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये छ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ ।
बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षितरुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको परारष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

foreign 1683156624.png
सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ ।
कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा जेद्दा सहर पु¥याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक मङ्गलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार