बझाङको यार्सा संकलन क्षेत्रमा हिमपात, चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु, एकजना बेपत्ता

बिहीबार, वैशाख २१, २०८०

बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलन क्षेत्रमा भारी हिमपात भएको छ । हिमपात भएका कारण यार्सा संकलनका लागि हिमाली भेग गएका एक जनाको निधन भएको छ । अर्का एक जना यार्सा संकलक बेपत्ता भएका छन् ।
दार्चुलाको ब्यासमा पनि भारी हिमपातपछि हिऊ पहिरो जाँदा पाँचजनाको ज्यान गएको थियो । हिउँद सकिए पछि भएको वर्षाका कारण अहिले हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
बझाङको सुर्मा गाउँपालिका–४ का ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।
बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर गएका थिए । सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर मङ्गलबार देखि बेपत्ता छिन् । प्रहरीले उनको खोजीकार्य जारी राखेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार