भारतका गराएको उपचार खर्च राष्ट्रपति आफैंले बेहोर्ने

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न भएका छन् ।
राष्ट्रपतिको निजी सचिवालयका तर्फबा प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख गरेका हुन्े । राष्ट्रपति भारतमा गई उपचार गराएको विषयमा व्यापक आलोचना भएको थियो । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सोमबार एक सार्वजनिक कार्यक्रम तथा कान्तिपुर टेलिभिजनको बहस कार्यक्रम "फायर साइडमा दिएको अन्तर्वार्तामा पनि यो विषयलाई महत्वका साथ उठाएका थिए ।

https://scontent.fktm10-1.fna.fbcdn.net/v/t39.30808-6/344567674_634419101392149_9157568227406304197_n.jpg?stp=dst-jpg_s720x720&_nc_cat=101&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=I34p0eMBslAAX-cWlSo&_nc_ht=scontent.fktm10-1.fna&oh=00_AfCPkeOYXlHqDRJ6o9cxFCRpmF7NWjyTB-DFeknZcaFeCw&oe=64554A49
“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार