बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य

बुधबार, वैशाख १३, २०८०

मकवानपुर । बागमती प्रदेशको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।  प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई पटक–पटक गरी आज राति अन्त्य हुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार