गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

शनिबार, वैशाख ९, २०८०

पोखरा । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज  प्रदेश सभा बैठकमा विश्वास मत लिँदैछन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची छ ।
अधिकारी मुख्यमन्त्री नियुक्त हुने बेलाको सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अधिकारीले विश्वासको मत लागेका हुन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्य आवश्यक पर्दछ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।
विश्वासको मत लिनुभन्दा १ दिनअघि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री आफूनै हुने दाबी गरे ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार