गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने

बिहीबार, वैशाख ७, २०८०

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दै छ । सोही बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्य आवश्यक पर्दछ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बन्नुभएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार