सहकारीकर्मीमाथिको हातपातको विरोध, सरकारसँग जिउधन सुरक्षाको माग

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं । शेयर सदस्यहरुले सहकारीका सञ्चालक तथा कर्मचारीमाथि कुटपिट गर्न थालेपछि सहकारी सञ्चालकहरु त्रसित भएका छन् । गत मंगलबार भक्तपुर गठ्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समीर खत्रीलाई शेयर सदस्यले कुटपिट, कालोमोसो दली जुक्ताको माला लगाएका थिए । यो घटनापछि सहकारीका सञ्चालक र कर्मचारी असुरक्षित महसुस गरेका छन् । उक्त घटनाको ललितपुरमा क्रियाशी सहकारी संघ तथा बागमती प्रदेश सरकारी संघले विरोध गरेको छ । ललितपुरमा क्रियाशील ८ वटा सहकारी सम्बद्ध निकायहरुले संयुक्त वक्तव्य प्रकाशित गरी घटनाको निन्दा गर्दै संलग्नलाई कारवाही गर्न माग गरेको छन् ।

336170026_247940194300222_5043113900012918799_n1681945617.jpg
वक्तव्यमा गैह्र जिम्मेवार क्रियाकलापहरुबाट सहकारी सञ्चालक तथा कर्मचारीहरुको जिउधनको सुरक्षाका  लागि नेपाल सरकार, सुरक्षा निकायलगायत निकायको गम्भीर ध्यानाकर्षण पनि गराइएको छ ।
संयुक्त वक्तव्य प्रकाशित गर्नेमा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष केदार गोर्खाली, ललितपुर जिलला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरी बजगाईं, बहुउद्देश्यी सहकारी संघ लिमिटेडका अध्यक्ष शरदकुमार महर्जन, चिया उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष ऋषिराम घिमिरे, कृषि सहकारी संघ लिमिटेडका उपाध्यक्ष दिल नापित, दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटा, उपभोक्ता सहकारी संघ लिमिटेडका अध्यक्ष सूर्यप्रसाद शर्मा चौलागाई तथा कफि सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद घिमिरे छन् । उनीहरुको संयुक्त वक्तव्यमा सञ्चालकमाथि भएको अमानविय, अराजक तथा असहिष्णु व्यवहार र घटनाप्रति निन्दा व्यक्त गरिएको छ ।
संयुक्त वक्तव्यमा उनीहरुले यस्ता गैह्र जिम्मेवारी क्रियाकलाप गर्ने÷गराउने र उक्साउने व्यक्ति तथा समूहहरु किमार्थ सहकारीका सदस्य हुन सक्दैनन भनेका छन् । वक्तव्यमा उनीहरुले यस्ता अराजक व्यक्ति र समूहहरुमाथि कडा भन्दा कडा कारवाही गर्न सरकार तथा राष्ट्रिय सहकारी महासंघसँग माग गरेका छन् । यस्तो विषम परिस्थितिमा सहरकारीका सञ्चालक तथा सदस्यहरुलाई जिम्मेवारी र कर्तव्यको ख्याल गर्नु पनि वक्तव्यमा स्मरण गराइएको छ ।
हालको असामान्य अवस्थामा सहकारी संघ संस्थाहरुले बचत फिर्ता दिन नसकेको अवस्थालाई लिएर सहकारीकर्मी माथि भएको अमानवीय व्यवहारप्रति सिंगो ललितपुर जिल्ला सहकारी अभियान खेद प्रकट गर्दछ वक्तव्यमा भनिएको छ । सदस्यको बचत सुरक्षा गर्न र सदस्यहरुलाई आफ्नो हक अधिकार मात्र होइन कर्तव्यको समेत ख्याल राखि जिम्मेवारी भूमिका निर्वाह गरी धैर्यता र संयमता अपनाई सहकारीमा निर्धक्कका साथ कारोबार गर्नका लागि पनि सम्पूर्ण सहकारी संघ संस्थाहरुका सदस्यहरुलाई सहकारी अभियन्ताहरुले आह्वान गरेका छन् ।
वक्तव्यमा सहकारी संघ संस्थाहरुले १५ देखि २० प्रतिशत तरलता व्यवस्थापन गरी बाँकी रकम आफ्नै सदस्यहरुमा लगानी गरेका हुने उल्लेख गर्दै त्यसैका कारण सहकारी संघ संस्थाहरु एकै चोटी सम्पूर्ण बचत रकम फिर्ता गर्न सक्ने अवस्थामा नभएको स्मरण पनि गराइएको छ ।
वक्तव्यमा उनीहरुले हाल विश्व अर्थतन्त्रमा देखिएको मन्दीका कारण नेपालका बैंक, वित्तीय र सहकारी क्षेत्रहरु प्नि तरलता अभावको समस्याबाट गुज्रीरहेको सबैमा सर्वविदितै छ । सरकारी संघ संस्थाहरुका सदस्यहरुले उपभोग गरेको कर्जाको साँवा र ब्याज रकम नबुझाउने, कर्जा असुलीको लागि राज्यले  समेत कुनै ठोस भूमिका निर्वाह गर्न नसकेका कारण सहकारी संघ संस्थाहरु दैनिक भुक्तानीमा असन्तुलन देखिएको आएको पनि उल्लेख गरेका छन् ।
यसैगरी बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेले पनि वक्तव्य प्रकाशित  गरी भक्तपुरमा मंगलबार भएको घटनाको निन्दा गर्दै घटनामा संलग्नमाथि कारावाहीको माग गरेका छन् ।
एकका लागि सबै र सबैका लागि एक भन्ने मूल नारा बोकेको सहकारी अभियानमा विश्व आर्थिक मन्दीका कारण देखिएको तरलता अभावको समस्या समाधानका लागि ठोस कदम चाल्न र सहकारी अभियानमालाई स्वस्थ रुपमा अगाडि बढाउनका लागि सरोकारवालासँग उनले माग गरेका छन् ।

339582491_908742080416866_8666131652176572324_n1681945623.jpg
मंगलबारको घटना बारे राष्ट्रिय सहकारी महासंघले विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘सहकारी संस्थाका व्यवस्थापन प्रमुखमाथि भएको यस्तो व्यवहारको महासंघ घोर भर्त्सना गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संघ÷संस्थाका सञ्चालक तथा कर्मचारीहरूको जिउधनको पूर्ण सुरक्षाका लागि नेपाल सरकारसँग यस महासंघ जोडदार माग गर्दछ ।’

 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार