सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थालनी गर्ने आश्वसन दिएका छन् आफूलाई भेट्न आएको नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो आश्वसन दिएका हुन् । बार पदाधिकारीहरु प्रधानमन्त्रीलाई भेट गर्न बिहीबार बिहान उनको सरकारी निवास बालुवाटार गएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । वकिलहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।