नेपाल प्रहरीका १३ एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्रालय वढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार