ललितपुर महानगरभित्रका ८० प्रतिशत आगलागी विद्युतीय उपकरणको गलत प्रयोगबाटै

एउटा मल्टिप्लगमा धेरैवटा विद्युतीय उपकरण जोड्नु भएको त छैन ? 'यस्तो गल्ती नगनुर्स है'

बुधबार, चैत २९, २०७९

ललितपुर ।  तपाईले एउटा मल्टिप्लगमा वासिङ मसिन, पानी तताउने विद्युतीय थर्मस, आइरन, मोबाइलको तार त जोड्नु भएको छैन ? यदि छ भने यस्तो गल्ती नगर्नुहोस् । एउटा मल्टिप्लगमा धेरैवटा तार जोड्दा विद्युतीय आगलागी हुने संभावना अधिक हुन्छ । जोड्नै परे मल्टिप्लगको क्षमता हेरेर मात्रै जोड्नुपर्छ । मल्टिप्लगको क्षमताले जोडिएका अन्य उपकरणको विद्युतीय भारलाई धन्न नसकेकाले विद्युतीय आगलागीको दुर्घटना हुने विद्युतीय सुरक्षासम्बन्धी विज्ञ श्रीराम शर्माले बताए । विद्युतीय सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जडान गरेको २५ देखि ३० वर्षमा तारको आयु सकिने बताए । उनले भने, बिग्रिएर काम नलाग्ने भएपछि मात्रै फर्ने चलन छ, अब त्यसो गर्नु हुँदैन ।’

MUL1681271414.png
घर निर्माण गर्दा घरको भौतिक संरचनालाई जति महत्व दिइन्छ, त्यति नै महत्व विद्युत जडानमा दिनुपर्ने उनको धारणा छ । यो दिवस चैत २६ गते मनाइन्छ । दिवसका अवसरमा ललितपुर महानगरले साउथ एसियन लाइट्निङ एसोसियन नेटवर्कसँग सहकार्य गरी छलफल कार्यक्रम आयाजेजना गरेको थियो ।
एक तथ्यांक अनुसार ललितपुर महानगरपालिकाभित्र भएका आगलागीमध्ये ८० प्रतिशत आगलागी विद्युत र विद्युतीय उपकरणको गलत प्रयोगका कारण भएका छन् ।
नेपाल विद्युतप्राधिकरण ललितपुर शाखाका प्रमुख शिवराम यादवले एमसिबीको सट्टा आरसिसिबी वा इएलसिबी जडान गर्न अनुरोध गरे । उनले भने, ‘हामी कहाँ एमसिबी जडान गर्छौ, एमसिबी होइन, आरसिसिबी वा इएलसिबी जडान ग¥यो भने विद्युतजन्य आगलागीका कारण हुने दुर्घटना ९० प्रतिशत न्यून हुन्छ ।’
अमृत साइन्स क्याम्पसका प्राध्यापक डा. श्रीराम शर्माले घर सफा देखाउन घर प्लास्टरभित्र वाइरिङ गर्ने गरिए पनि सुरक्षाको दृष्टिले त्यो ठीक होइन । उनले भने, ‘वाइरिङ प्लास्टरबाहिर नै गर्नुपर्छ ।’
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमअमर दीप सुनुवारले विपदबाट जोगिन र जोगाउन चेतना महत्वपूर्ण भएको बताए । जनचेतना जगाउन ललितपुर महानगरले गरेको कामको उनले प्रशंसा गरे । ललितपुर महानगर वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले महानगरले विपद्बाट जोगिन नागरिकलाई सचेत बनाउन विभिन्न कार्यक्रम आयोजना गरेको बताए ।

BIP1681271414.jpg
उनले भने, ‘विद्युतीय आगलागीबारे सचेत गराउन वडापिच्छे कार्यक्रम गरेका छौं ।’कहिँकतै विपद्का घटना भैहाले त्यसबाट नागरिकलाई जोगाउन दमकल, एम्बुलेन्स र नगरप्रहरीको व्यवस्था गरिएको उनले बताए ।
महानगर विपद् व्यवथापन महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर हरिशचन्द्र लामिछानेले वडामा दिइएको विपद् सचेतना कार्यक्रम प्रभावकारी भएको दाबी गरे ।
उनले भने, ‘विद्युतीय जोखिमका कारण आगलागीका घटना बढेका कारण विद्युतको सही प्रयोग, उपकरणको प्रयोग र तिनको अवस्थाबारे सचेत बनाउन वडा पिच्छे कार्यक्रम सञ्चालन गरेका छौं ।’
महानगरको यो कार्यक्रमबाट नगरवासी विपदजोखिमका बारेमा सचेत भएको उनले बताए ।

 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार