सेतो मच्छिन्द्रनाथको रथ आज हनुमान ढोका पुर्‍याइने

बिहीबार, चैत १६, २०७९

काठमाडौँ । काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । बुधबार अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो ।

त्यस्तै, बुधबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको थियो । आज (चैत १६ गते) साँझ ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ ।
चैत १७ गते साँझ ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने छ ।
त्यस्तै चैत १८ गते साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत १९ गते साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

rath1680131916.jpg
राष्ट्रपतिद्वारा रथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले असनमा आज राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् ।
तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार