प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा आज नेपाल र भुटानबीचको खेल हुँदै

नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने
मंगलबार, चैत १४, २०७९

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । नेपाल र भुटानबीको खेल मंगलबार साँझ ६ बजे, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा जित हासिल गरेको नेपाल उक्त लयमा थप सुधार गर्दै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलले हराएको थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो ।
फाइनलमा स्थान बनाउनका लागि नेपालले बराबरी खेले पनि पुग्छ। भुटानसँग २(० गोलले हारे पनि नेपाल फाइनल पुग्ने छ। भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन । भुटान पराजित भए वा बराबरी खेले नेपालसँग लाओस फाइनल पुग्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार