बिस्केटजात्रा चैत २७ गतेदेखि सुरु हुँदै 

सोमबार, चैत १३, २०७९

काठमाडौँ । भक्तपुरवासीले नौ दिन आठ रातसम्म मनाउने प्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ । २३ गतेसम्म प्यागोडा शैलीको तीन तले रथ निर्माण सम्पन्न गरिने छ ।     
लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार