पोखरामा सुरु भयो मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि पाँचदिने राजयोग शिविर 

शनिबार, चैत ११, २०७९

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले ‘मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर’ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।  साइमन पार्टी प्यालेस पोखराको जाल्पा हलमा सुरु भएको प्रशिक्षणमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले मुख्य प्रशिक्षक रहेका छन् । 
दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चमान गुरुङले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट अकल्पनीय विकासका काम सम्भव भएपनि आध्यात्मिकता बिना त्यो अधुरो रहने र मानवमनलाई शान्त र स्थिर बनाउनका लागि मेडिटसन तथा योग अभ्यास अपरिहार्य रहणै कुरामा जोड दिए ।

IMG_05651679741791.JPGप्रशिक्षण कार्यक्रम पोखरेलीहरुका लागि उपलब्धिमूलक रहने तथा उपस्थित हुने प्रशिक्षार्थीहरु सबैको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै मन्त्री गुरुङले कार्यक्रम सफलताको कामना व्यक्त गरे । 
जीवनमा धन सम्पत्ती मान सम्मान जति कमाए पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै ब्रह्माकुमारीज नेपालका अध्यक्ष राजयोगिनी परिणीता दिदीले आज मानवमन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु भएको कुरा बताइन् । दिदीले शान्तिको हरेकलाई आवश्यकता हुनुको कारण शान्ति नै सबै मानवआत्माको ओरिजिनल संस्कार रहेको तथा जीवन यात्रा गर्ने क्रममा मनमा लागेको ती फोहोर दाग सफा गर्नको लागि यस्ता महत्वपूर्ण प्रशिक्षणहरु जीवनपरिवर्तनका माध्यम हुन सक्ने भएकोले यो अनमोल अवसर नगुमाउन सबैलाई आग्रह गरिन् । 

IMG_05281679741790.JPG
स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले वर्तमान तनावयुक्त माहोलमा सुखमय र शान्त जीवन बाँच्नका लागि हरेकले आध्यात्मिक पुरुषार्थ तथा अन्तरमनको शुद्धिकरणमा मा सजग रहनुपर्ने बताए । मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै उनले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताए । 
प्रकृतिका तत्वहरु, आफ्नो जीवन, परिवार र समाजप्रति न्याय गर्नका लागि हरेक दिन केही समय आध्यात्मिक पुरुषार्थमा लाग्न जरुरी रहेको तथा यस कार्यक्रममा प्रशिक्षक राजु घलेबाट प्राप्त जिवन उपयोगी महत्वपूर्ण टिप्सहरुलाई जीवनमा चिन्तन, मनन र धारण गरेर आफ्नो जीवनमा पूर्णतया खुसी र आनन्द ल्याउन पनि उनले आग्रह गरे । 
पाँच दिवसीय कार्यक्रमका प्रशिक्षक राजु घलेले प्रशिक्षार्थिहरुका लागि जीवन खुशीयाली बनाउने तरिकाका साथै राजयोगको गहन ज्ञानलाई सरल, व्यवहारिक र वैज्ञानिक प्रस्तुती दिएका थिए । 

IMG_05941679741792.JPG
कार्यक्रममा विशिष्ट अतिथि पोखरा विश्व विद्यालय व्यवस्थापन संकायका डिन दयाराज ढकाल ज्यू लगायत विभिन्र समाजसेवी राजनितिज्ञ, नेतृत्व पंक्तीमा रहेका महानुभावहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु, ब्रहमाकुमारीज शाखा, उपशाखाका सञ्चालिका दिदी बहिनीहरु सहित करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । तीन सत्र मध्ये मध्याकालीन सत्र पोखरा १५ शिवचोकमा सञ्चालन गरिने कार्यक्रम सञ्चालक राजयोगिनी ब्रह्माकुमारी शोभा दिदी जानकारी दिइन् । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार