प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालको जित

बुधबार, चैत ८, २०७९
Global Ime Bank

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक गोल थपे । खेलको ३०औँ मिनेटमा अनन्तले नवीन लामाको पासमा हेडमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ५६औँ मिनेटमा नवयुगले गोल गरे । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेपालको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलमा गोल हुनसकेन र नेपालले लाओसविरुद्ध २–० को सहज जित हासिल ग¥यो । खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए ।

NP_KTM_FOOTBAL_20230322175112_0D3A6452(1)1679498043.jpg
प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् ।
उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफनो दोस्रो खेल यही चैत १४ गते भूटानसँग खेल्नेछ । त्यसअघि लाओस र भूटानले यही चैत ११ गते खेल्नेछन् ।

 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार