सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई सहयोग रकमको घोषणा हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रति खेलाडी तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् । बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताए । युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ ।
दुई क्रिकेटरलाई वीरगञ्ज महानगरले मोटरसाइकल उपहार दिने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ । बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी देशलाई क्वालिफायर छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल उपहार दिन लागेको हो । शेख दाजुभाइ वीरगञ्जका बासीन्दा हुनुहुन्छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा आसिफ र आरिफले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्न लायक रहेकोले दुबैलाई पुरस्कार स्वरुप एक÷एक थान मोटरसाइकल प्रदान गर्न लागेको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए । राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरवको विषय भएकाले सम्मान स्वरुप मोटरसाइकल प्रदान गर्न लागेको उल्लेख गरे । राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरूले वीरगञ्जका ऊर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको नगरप्रमुख सिंहको भनाइ छ ।