टियु क्रिकेट मैदानमा तत्काल फ्लडलाइट जडान गर्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, चैत ३, २०७९
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियुमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन् । प्रचण्डले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका हुन् ।
प्रचण्डले मुलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा पनि गरेका छन् ।
सरकारले सोझै विश्वकप छनोटमा पु¥याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका हुन् ।

pmoc1679052281.JPG
नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेसँगै सोझै विश्वकप छनोटमा पुगेको छ । ब्याड लाइट ९खराब० प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको हो। उक्त खेल हेर्न प्रचण्ड पनि टियु पुगेका थिए ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खराब प्रकाशको कारण खेल त्यतिकैमा रोक्नु परेको थियो ।
त्यसैको कारण प्रचण्डले तत्काल फ्लटलाइट लगाउन निर्देशन दिएका छन् । टियुमा तीन महिना अघिनै फ्लडलाइटको लागि माटो परिक्षणको काम भने सम्पन्न भई सकेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार