युएईका आसिफ खान सर्वाधिक छिटो शतक हान्ने विश्वकै चौथो खेलाडी

बिहीबार, चैत २, २०७९
Global Ime Bank

काठमाडौं । युएईका ओपनर आसिफ खान ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने ब्याटर बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध ४१ बलमै उनले शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् । जुन ओडिआई इतिहासकै चौथो सर्वाधिक छिटो शतक हो । ओडिआईमा सर्वाधिक छिटो शतक दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा छ । एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक हानेका थिए । त्यस्तै न्युजिल्यान्डका कोरी एन्डरसनले २०१४ मा वेस्टइन्डिजविरुद्ध ३६ बलमा शतक हानेका थिए ।
पाकिस्तानका शाहिद अफ्रिदीले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक हानेका थिए । त्यसपछि उनी ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने कीर्तिमान कायम गरेका हुन् । आसिफपछि दक्षिण अफ्रिकाका मार्क बाउचरले २००६ मा जिम्बावेविरद्ध ४४ बलमा शतक हानेका थिए ।
आसिफ युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् । उनले बुधबार पपुवा न्युगिनीविरुद्ध मोहम्मद वासिमले ६० बलमा हानेको कीर्तिमान तोडेका हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो ।
युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । आसिफ ३७।३ ओभरमा रोहन मुस्तफा आउट भएपछि ब्याटिङका लागि क्रिजमा आएका थिए ।
त्यो समय युएई १७५÷५ को अवस्थामा थियो । आसिफले ४६ औं ओभरको अन्तिम दुई बलमा गुलशन झालाई दुई छक्का हाने । ४७ औं ओभरमा सोमपाल कामीलाई दुई छक्का र एक चौका हाने ।
४८ औं ओभरमा गुलशन झालाई दुई छक्का हाने । ४९ औं ओभरमा सन्दीप लामिछानेलाई आसिफले लगातार चार छक्का हानेका थिए । अन्तिम ओभरको पहिलो बलमा सोमपाल कामीलाई छक्का र दोस्रो बलमा चौका हान्दै ४१ बलमा शतक पूरा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार